
धादिङ कार्तिक १४ । धादिङको धुनीबेसी धुनीबेसी नगरपालिका ९ स्थित खड्का गाउँमा जुवाखेली रहेको अवस्थामा प्रहरीले छापामारी ४ जनालाई पक्राउ गरेको छ ।
खड्का गाउँमा जुवा खेली रहेको भन्ने सूचना आएपछि छापा मारिँदा बिहिबार साँझ ९ बजे शिव न्यौपानेको घरमा जुवातास खेलिरहेका ४ जनालाई जुवाको खालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा स्थानीयहरु २७ महेश लोहनी, ३५ वर्षिय दिपक रानाभाट, २६ वर्षिय रुपचन्द खत्री, ३७ वर्षिय सबिन पाण्डे रहेको छन् भने शिव न्यौपाने र भोटे भन्ने सुनिल खत्री भागेकोले खोजी भैरहेको प्रहरीले जनाएको छ ।
जुवाको खालबाट नगद ५२ हजार ५०५ र ३ बुक तास समेत बरामद गरिएको छ भने पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको बताईएको छ ।
