
धादिङ कार्तिक ६ । धादिङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) पुण्य विक्रम पौडेलले कोरोना पोजेटिभ पुष्टि भएको रिपोर्ट आएको २४ घण्टा नवित्दै पुनः फेरि पीसीआर परिक्षण गराउनु भएको छ ।
बुधबार धादिङमा १०१ जनामा कोरोना पोजेटिभ देखिएको थियो जसमा प्रमुख जिल्ला अधिकारी पौडेलको समेत रिपोर्ट पोजेटिभ आएको थियो । ५ दिन सरकारी आइसोलेशनमा बसेर केशरी प्रसाद पन्त पीसीआर टेष्ट विना नै भेन्टिलेटरको लागि काठमाडौ रिफर हुनु पर्यो । तर पहुँचको आधारमा प्रमुख जिल्ला अधिकारी पौडेलले भने पोजेटिभ रिपोर्ट आएको २४ घण्टा नविदै फेरी पीसीआर परिक्षण गर्नुभएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलका अनुसार सरकारी नीतिमा कोरोना पोजेटिभ देखिएपछि १४ दिन आइसोलेशनमा बसेर स्वत डिस्चार्ज हुने हो । यहि मापदण्डका आधारमा बुधबार मात्रै धादिङको क्रिक रिसोर्ट र होम आइसोलेसनमा रहेका ३४ जनाले काठमाडौंबाट निजी क्षेत्रका स्वास्थ्यकर्मी बोलाएर पुनः कोरोना परिक्षण गराएका थिए ।
पहुचका आधारमा जिल्ला अस्पताल धादिङले बिहिबार मापदण्ड मिचेर फेरी ४३ जना आइसोलेस रहेकाहरुको पुनः पीसीआर परिक्षण गरिएको छ । जिल्ला अस्पतालका सूचना अधिकारी विक्रम विश्वकर्माले धादिङपोष्ट सँग भन्नु भयो अस्पतालले विरामी नै भएर आएकाहरुको पीसीआर परिक्षण गर्ने हो तर स्थानीय तह र स्वास्थ्य कार्यालय ब्याक भएपछि स्थानीय र सीडीओको पटक-पटक अनुरोध आएपछि नयाँ र पुरानाहरुको परिक्षण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले धादिङपोष्ट सँग कुरा गर्दै पुन: पीसीआर परिक्षण गराएको स्वीकार गर्नुभएको छ भने जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले आज भएको पीसीआर परिक्षण पूर्ण निशुल्क हुनेगरी प्रदेश सँग समन्वय गरेको बताउनु भयो । आजको नि:शुल्क हो, दशै पछि भन्न सकिँदैन धमलाले भन्नु भयो ।

