
धादिङ असोज ३ । धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोट पात्लेमा शुक्रबार ५० जना भन्दा बढी नेकपा कार्यकर्ताहरु काँग्रेसमा प्रवेस गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता शिव श्रेष्ठ केहि महिना पहिला ३ सय भन्दा बढी कार्यकर्ता सहित काँग्रेसमा प्रवेस गरेका थिए । धुवाँकोटमा स्थापित नेताका रुपमा परिचित उनै श्रेष्ठको पहलमा जनयुद्ध पछि सहिद परिवारहरुको गाउँका रुपमा परिचित पत्लेबाट शुक्रबार तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका क्रममा मृत्युवरण गर्नुभएका माओवादीका लडाकु धनेन्द्रसिंह तामाङका छोरा विनय तामाङको नेतृत्वमा ५० जना भन्दा बढी नेकपा कार्यकर्ताहरु काँग्रेसमा प्रवेस गरेका हुन् ।
वैचारिक दृष्किोणले भन्दा पनि धादिङमा नेकपा नेताहरुको कार्यशैलीका कारण पाटी छोड्नेक्रम चलिरहेको र कार्यकर्ताहरुको मनोभावन सम्बोधन गर्ने गरि स्कुलिङ नचलाए नेकपाले क्षेति वेहोर्नु पर्ने नेकपाा भित्र बहस चल्दै गर्दा बिहिबार कुम्पुरबाट १५० जनाले नेकपा छाडे भने शुक्रबार पात्लेबाट ५० जना भन्दा बढीले नेकपा छाड्दै काँग्रेसमा प्रवेस गरेका हुन् ।
नेपाली काँग्रेस धुवाँकोटका सभापति सन्तोष वास्ताकोटीको अध्यक्षतामा तथा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाको प्रमुख आतिथ्यतामा भएको उक्त पार्टी प्रवेस कार्यक्रममा पुर्व मन्त्री दिलमान पाख्रीन, नेपाली काँग्रेसमा पुर्व सभापति रामनाथ अधिकारी र नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगना लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
