ज्वालामुखिका किराण छत्कुलीद्वारा घातक रोगका पिडितलाई सहयोग

Avatar photo
Dhadingpost
अशोज ३, २०७७

धादिङ असोज ३ । धादिङ ज्वालामुखी गाउँपालिका निवासी स्वास्थ्यकर्मी किरण छत्कुलीले आफ्नो जन्मदिनको अवसर घातक रोगबाट पिडित बनेका बिरामीहरुलाई सहयोग गर्नु भएको छ ।

नेपाली कांग्रेस ज्वालामुखी गाउँपालिका काठमाडौ सम्पर्क समितीका अध्यक्ष एवम् साउथ एसियन पोलिक्लिनिकका सञ्चालक समेत रहनु भएका स्वास्थ्यकर्मी छत्कुलीले आफ्नो जन्म दिनको अवसरमा घातक रोगबाट पिडित बनेका बिरामीहरुलाई सहयोग गर्नु भएको हो ।

स्वास्थ्यकर्मी छत्कुलीले धादिङ ज्वालामुखी ६ का डिल बहादुर पुलामी र अर्घाखाँची पाविनि १ घातक रोगबाट ग्रसित विष्णु हरी पोखरेललाई जनही ५-५ हजार र आपतकालीन तथा दिर्घकालिन कोषको लागि पनि ५ हजार रुपया सहयोग गर्नुभएको हो ।