सल्यानटारमा चार युवाले संचालनमा ल्याए कृषि फार्म

Avatar photo
शुसिला रिजाल
भदौ १९, २०७७

धादिङ भाद्र १९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा ४ जना युवा मिलेर कृषि तथा पशुपन्छी फार्म संचालनमा लाएका छन् ।

जनही २५ लाख गरी १ करोड बैंकमा कोष संचालन गरि उक्त कोषबाट खर्च हुनेगरि संचालनमा आएको यस नागेश्वोर कृषि तथा पशुपन्छी फार्म हाल सम्म २१ लाख खर्च भैसकेको संचालक विष्णुहरि उप्रेतीले बताउनु भयो ।

साना किसान कृषि सहकारी सस्था लिमिटेड सल्यानटार समन्वय र सहयोगमा सल्यानटार कछार गाउँमा फार्म संचालन ल्याएका हौं, कोरोनाको कारणले २० वटा दुहुनो भैसी सहित ४० वटा भैसी पाल्ने तयारी पुरा हुन सकेको छैन । अहिले आठ वटा भैसी पालेका छौ, बुँगुर पनि छ र तरकारी खेतीका लागि टनेल निमार्ण कार्य भै रहेको संचालक उप्रेती बताउनु हुन्छ ।

बाझो ६० रोपनी जमिनभाडामा लिइ भैंसी, राँगो, बाङ्गुर, कुखुरा पालन गरि सोबाट आएको मलबाट शुद्ध अर्गानिक तरकारी खेती गर्ने उनीहरुको तयारी छ ।

संचालकहरु विष्णुहरि उप्रेती, हरिचन्द्र गिरि, किसान गिरि ४ वर्ष लामो वैदेशिक रोजगारबाट फर्किएका हुन भने ईश्वर कंडेल इजरायलमा २२ महिना बसि कृषि तालिम लिएर फर्किएका हुन् ।

उक्त कृषि फर्मलाई साना किसान कृषि सहकारी सस्थाले यस फार्मलाई आवश्यकता अनुसार सर्वसुलभ दरमा वित्तीय सहयोग तालिम भ्रमण तथा विभिन्न सहयोगी निकायहरु सँग सिधा सम्पर्क तथा समन्वय गरि सहयोग गर्दै आएको प्रबन्धक सन्जु श्रेष्ठले बताउनु भयो ।

तस्वीरः सञ्जु श्रेष्ठ