धादिङमा कर्फ्यु खोकुलो, १० देखि २ बजे सम्म खुल्ला

Avatar photo
Dhadingpost
भदौ १६, २०७७

धादिङबेसी भाद्र १६ । धादिङबेसीमा सान २८ गते देखि जारी कर्फ्यु आशिंक खुल्ने भएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको संयोजकत्वमा बसेको संकट व्यवस्थापन समितिको बैठकले कर्फ्युलाई आशिंक बनाउँदै बिहान १० बजे देखि २ बजे सम्मलाई खुल्ला गर्ने निर्णय गरेको हो ।

कोराना भाईरस संक्रमण रोकथामका लागि जारी कर्फ्यु तीन साता पछि जिल्ला प्रशासनले आंशिक बनाउँदै भदौ १७ गतेबाट २३ गते सम्म बिहान १० बजेबाट २ बजे सम्म बजार, बैक तथा बित्तिय सस्था र उद्योगकलकारखानालाई संचालन गर्न दिने निर्णय गरेको हो ।