
धादिङ भाद्र १६ । धादिङबेसी सदरमुकाम र यस आसपास फैलिएको निलकण्ठ नगरपालिकालाई मालपोतको पुरानो भवन सहित जग्गा दिन सोमबाको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको छ ।
मालपोत कार्यालय नयाँ बनेको भवनमा सरे सँगै पुरानो भवन र जग्गा प्रयोग विहिन बनेको थियो भने नीलकण्ठ नगरपालिकाले कार्यालय प्रयोजनको जग्गा प्राप्त नगरिरहेको बेला मन्त्रिपरिषदको बैठकले पुरानो भवन सहितको जग्गा दिने निर्णय गरेको हो ।

मालपोतको नाममा रहेको ३-२-०-० रोपनीको जग्गा प्राप्तीको लागि पहल गरेका थियौ, मन्त्रिपरिषदले निर्णय गरेको छ, अब उक्त पुरानो मालपोतको भवनलाई मर्मत संहार गरि दशै अगावै कार्यालयलाई थप व्यवस्थित बनाउने तयारी गछौं नगर प्रमुख ढुङ्गानाले धादिङपोष्टलाई बताउनु भयो ।
