
धादिङ भाद्र ८ । धादिङको त्रिपुरासुन्दरी गाँउपालिका वडा नम्बर ६ का कृष्ण शाहीले आफ्नो दुवै मृगौला फेल भएको र आर्थिक अभावले उपचार गर्न नसकि जिवन मरणको दोसाँधमा हुनुहुन्छ । उहाँलाई ललितपुरको पुल्चोकस्थित निदान अस्पतालमा उपचारमा राखिएको छ ।
गरिव परिवारका शाहीको जायजेथा समेत उपचारमा खर्च भैसकेकोले तामाङ पत्रकार संघ धादिङले शाही बचाऔं अभियान सुरुगरेको हो ।
३२ वर्षीय एक्लो छोराको दुवै मृगौला फेल भएर ओछ्यान परेपछि उहाँको बुबाले सबैसँग छोराको जीवनरक्षाको लागी आग्रह गर्नुभएको छ । मृगौला फेल भएको ६ बर्षमा २२ लाख भन्दा बढी खर्च भएको बुबा बताउनु हुन्छ । शाहीलाई मृगौला दिने दाता भेटिए पनी अप्रेशन गर्न पैसा पर्याप्त नभएको बुझिएको छ ।
आर्थिक अवस्था झन् जटिल बन्दै गएपछि शाही परिवारमा थप पिडा थपेको छ । शाहीको १० बर्षको छोरा समेत छ । उहाँको श्रीमतीले पनि छोरोलाई वास्त नगरिँदा शाहीलाई झन् मानसिक पिडा थपिएको छ ।
आर्थिक सहयोगको लागि लक्ष्मी बैंकमा बिरामी कृष्ण बहादुर शाहीको नाममा खातामा ००७२४२८३७०५ खोलिएको छ भने सिधै बिरामीलाई ९८६५०५२६४८ सम्पर्क गर्न सकिने तामाङ पत्रकार संघ धादिङका उपाध्यक्ष सन्दीप स्याम्चेनले धादिङपोष्टलाई बताउनु भयो ।

