धादिङको पाल्पाभन्ज्याङ देखि साँध भन्ज्याङ सम्म सडक कालोपत्रे हुने

Avatar photo
Dhadingpost
भदौ २, २०७७

धादिङ भाद्र २ । धादिङ प्रदेश सांसद डाक्टर रामकुमार अधिकारी को पहलमा प्रदेश सरकारद्वारा धादिङ नीलकण्ठ नगरपालिका स्थित पाल्पाभन्ज्याङ देखि ज्वालामुखि गाउँपालिकाको साँध भन्ज्याङ सडक कालोपत्रेको हुने भएको छ ।

सांसद अधिकारीको स्वकीय सचिव प्रदिप शाहका अनुसार सांसद अधिकारी कै पहलमा प्रदेश सरकारले १५ करोड खर्च गरि पाल्पाभन्ज्याङ– साँध भन्ज्याङ सडक कालोपत्रे हुन लागेको हो ।

अधिकारी कै पहलामा प्रदेश सरकारले धादिङबेसीमा ४ करोड ८० लाख रुपैया खर्च गरि २ हजार मानिस अट्ने कभर्ड हल निमार्ण जारी रहेको छ ।