धादिङमा भाद्र ३ गते सम्म निशेधाज्ञा जारी

Avatar photo
Dhadingpost
साउन २८, २०७७

धादिङ साउन २८ । धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या दिन दिनै बढ्न थाले पछि जिल्ला प्रशासन कार्यालय धादिङ ले भाद्र ३ गते सम्मको लागि निशेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार बिहान बसेको सरोकालवालहरुको बैठकले जिल्लामा होटल संचालक, प्रहरी प्रमुख, रेडक्रस कर्मचारी समेतलाई कोराना भाईरस पोजेभि देखिए पछि रोकथामको लागि कालुपाण्डे राजमार्गको फुर्के खोला देखि धादिङबेसी दायाँ बायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा आज राति १२ बजे देखि लागुहुने गरि भाद्र ३ गते सम्म निशेधाज्ञा जारी गरेको हो ।

स्थानीय प्रसासन ऐन २०२८ को ६ (३) र संक्रमण रोग ऐन २०२० अनुरुप निशेधाज्ञ जारी गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।