सांसद डा. रामकुमार अधिकारीद्वारा गोलाङ र मलेखु घटना प्रति दु:ख व्यक्त

Avatar photo
Dhadingpost
साउन ६, २०७७

धादिङ साउन ६ । धादिङका प्रदेश सांसद डा. राम कुमार अधिकारीले ४ जनाको ज्यान जाने गरि भएको गोलाङ र मलेखु घटना प्रति दुःख व्यक्त गरेका छन् ।

केहि दिन देखि परेको अविरल वर्षाका कारण त्रिपुरासुन्दरी गाउँपालिका आगिञ्चोकको गोलाङ खवासमा पहिरोले घर पुर्दा एकै परिवारका सम्झना खाँण मिलन खाँण र उनीहरुको डेढ वर्षिय छोरी गरि तीन जनाको ज्यान गएको प्रति सांसद अधिकारीले दु:ख व्यक्त गरेका हुन् ।

सांसद डा.रामकुमार अधिकारीले दुख व्यक्त गर्दै आफ्नो फेसबुकमा लेखेका छन्,- अस्ति देखिको अबिरल वर्षाले बाढी पैरो गई जन, धन, पूर्वाधारको ठुलो क्षति भईरहेको छ । सडक भत्किएर, पहिरोले पुरिएर अबरुद्ध भएको छ । पहिरो र बाढीले घर पुर्ने(बगाउने गरेको छ।खोला नाला बढेर बाढी आएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गोलाङमा आज रातिको पहिरो ले घर पुरिंदा मिलन खाँण , सम्झना खाँण र २ बर्षीय छोरी अञ्जिताको मृत्युभएको खबरले अत्यन्त दुखित भएको छु । हिजो मलेखुमा एक जना र महादेवबेसीमा एकजना को समेत पहिरो र बाढी मा परी मृत्यु भएको छ । यी दुःखद घटनामा मृत्यु बरण गर्नु हुनेहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र परिवार जनमा समबेदना प्रकट गर्दछु ।

x