अनलाईन गेममा अल्झिएको युवा पुस्ता

Avatar photo
Dhadingpost
असार १८, २०७७

हामीले सानो हुँदा Nokia Mobile मा Snake Game सबैले खेलेका छौं । बिस्तारै समय परिवर्तन हुँदै गयो, Mobile हरु advance हुँदै गए । games पनि ठूलो हुँदै Size अनि फरक प्रकारका आउदै गए । जस्तैः Snake – Temple Run – Candy Crush – लगायत अरु हजारौं ।

सुचना र संचारको विकास सँगै विश्व डिजिटलाईजेसन भएको छ । पछिल्लो पुस्ताले भर उपयोग गर्ने सुचना र प्रविधिको आयाम भित्र देखिएको समस्य मध्य एउटा हो मोवाईल र कम्प्यूटरमा खेलिने गेम ।

अहिलेको समयमा GTA, Pubg , Free Fire र Clash Of Clans । Game हरु जस्को काम पहिला मनोरञ्जन गर्ने हुन्थ्यो, त्यस्ले अहिले मनोबिज्ञान संग खेल्ने गर्छ । पहिला जुन आमा बाबूहरु आफ्नो बच्चा बाहिर खेल्न गए भनेर चिन्तित हुन्थे उनीहरु अहिले आफ्नो बच्चा बाहिर ननिस्किएर चिन्तित छन् ।

अहिलेको समयमा पनि अरु game हरुको addiction मान्छे मा छैन जतिको Online Games को छ । त्यसमा पनि Pubg – Free fire-GTA V Roleplay यो Game हरुलाई मनिसहरुले जति खेलिरहेका छन, त्यो भन्दा नि बढी Game ले मानिसहरुलाइ खेलाइ रहेको छ । यी Online Game Addiction को समस्या यस्तो हुन सक्छन् ।

GTA 5 Roleplay
GTA 5 Roleplay Rockstar Games को GTA Game को पाचौं भाग हो । अरु Game भन्दा फरक यो Game मा आफ्नो character लाई GTA V को Map भित्र चलाउन पर्ने हुन्छ तर यो क्रममा Game मा धेरै violence , Attacks हरु हुन्छ्न । साथै एकदमै HD ग्रफिक्स भएकोले यो Game नेपाली युवा हरुमा बिस्तारै चर्चित हुँदैछ ।

नेपाली डेब्लपरले बनाएको कान्तिपुर अन्नपूर्ण रोल प्ले अनलाई खेल पछिल्लो समय युवाहरुको आकर्षणमा परेको देखिन्छ । दैनिक जीवनमा जसरी जीवन यापन गरिएको छ त्यहि रोल लिएर खेल्न पाईने हुनाले पनि यस खेल प्रति युवाहरुको आकर्षण बढेको हो ।

समस्या
Game ले player आफैको character लाई स्वयम् आफै जस्तो महसुस गराएर खेल्ने हुनाले यो Game लाई धेरै खेल्ने player virtual world अथवा Game कै दुनियामा भुलाउद छन् । साथै धेरै समय आखा अगाडी virtual world नै हुने हुनाले Player लाई बाहिरी दुनियालाई पनि सोही अनुरुप रमाइलो होस भन्ने चाहना हुन्छ तर त्यस्तो नहुने हुनाले बाहिरी दुनिया player लाई फिका लाग्न सक्छ । यसको असरमा player ले ब्यवहारिक समस्याहरु सग communicate गर्न पाउदैनन् ।

समाधान
यो Game खेल्ने Computer मा Applock लगाउने धेरै Software र Apps हरु पाउँछन् र Game मा आफ्नो आमाबुबा वा कसैलाइ Applock लगाएर एक निश्चित समयमा मात्र खोल्न लगाउने ।

एक निश्चित समयमा मात्र आफ्नो Wifi , Internet On गर्ने ताकी तपाइले कुनै समयमा मात्र यो Game खेल्न उपलब्ध होस् ।

PuBG – Free Fire
यो दुबै game हरु Battle ground Based Multiplayer game हो । Free Fire मा ५० जना ले एकचोटि मा खेल्छ्न भने PUBG मा 100 जना हुन्छ्न ! यो दुबै Game मा Player हरुले एकअर्कालाई मार्नुपर्ने हुन्छ जो अन्तिममा एक्लो बाकी हुन्छ त्यो player ले जित्छ तर जित्न कठिन हुने हुनाले Game जति रमाइलो हुन्छ त्यतिनै लत लाग्ने पनि ।

स्वास्थ्य समस्या

  • जति को यो Game हरु म आफैले खेलेको छु । यो game हरु मा हरेक दिन अथवा हरेक हप्ता Events हरु आउने गर्छन । जुन पूरा गरेबापत Player ले Game संबंधित Gun वा अन्य सामानहरु पाउने गर्छन । यो Event पूरा गर्न Player ले game खेल्नै पर्छ र त्यो पनि 1/2 हैन 9/10 Match हरु जुन पूरा गर्न time लाग्छ । कुनै events राती को हुन्छ जस्को लागि राती खेल्नु पर्ने हुन्छ । लागेको निन्द्रा छोडेर सामानको लोभमा Player ले त्यो game खेल्छ पनि ! कति त झन राती 3-4 बजे सम्म खेलेर बस्छन, जस्ले उच्च रक्तचाप, हृदयघात जस्ता समस्याहरु आउन सक्छ्न, साथै आँखा सम्बन्धी समस्या नि आउन सक्छन ।

पढाईमा अनियमितता

  • यो Lockdown मा लगभग सबैको हातमा मोबाइल छ । बिद्यालयहरु पनि बन्द भएको र अन्य कार्यहरु नभएकोले बिद्यार्थिहरु अधिकतम समय यी Game हरुमा नै बिताइरहेका छन । Game हरुलाइ थोरै समयसम्म खेल्छन भने यसले Mind Refresh गराउछ होला यदि धेरैजसो समय नै यसमा बिताउछन भने यसले Mind Divert गराउछ र पढ्ने समयमा पनि Game कै बारेमा सोचिरहेका हुन्छन् जसले पढाईमा भारी अनियमितता ल्याउन सक्छ !

आर्थिक नोक्सानी

  • सबै समस्याहरुमा ठूलो समस्या भनेको आर्थिक हानी हो । यो Game हरुमा Elite pass & Royal pass जस्तो छुट्टै Section हुन्छ जसलाइ प्रयोग गर्न । पैसा खर्च गर्नु पर्ने हुन्छ र त्यो पनि १००, २०० हैन पैसाको रकम ५००-१,००० सम्म पुग्छ यी pass लिए पछि Game को कुनै Special Costume , Gun हरु player ले प्रयोग गर्न पाउछन् तर पैसा खर्च गरिसके पछि पनि यी Pass हरु हरेक महिना फेरि परिवर्तन हुन्छन् र फेरि पैसा खर्च गर्नु पर्ने हुन्छ । मैले नै यी Games हरुमा २०,०००-५०,००० सम्म पैसा खर्च गर्ने मानिसहरु देखेको छु । Game मा पैसा खर्च गर्ने त एक पट्टी छ, Game खेल्नको लागि Data pack को पैसा अर्को पट्टी । यो एकदमै ठूलो समस्या हो ।


Addiction

  • प्रश्न उठ्न सक्छ कि Game Addiction को समस्या Addiction कसरी हुन सक्छ ! जवाफ : जब तपाईं यो game हरुलाइ बुझेर महत्त्व दिएर खेल्ने गर्नु हुन्छ यो Game हरुले तपाईलाई game मा Active बनाइ राख्न नयाँ नयाँ Events हरु ल्याउने गर्छ्न । मैले पहिलै भनी सके यो events पूरा गरे पछि नयाँ सामान पाउने लोभ र events पूरा नहुने डर सबैलाइ हुन्छ ! यसले तपाइलाइ झन game खेल्न बाध्य बनाउँछ । मेरो एउटा साथी जसको सपना Cricketer बन्ने छ र उस्ले एक tournament मा Best Bowler को Award पनि जितेको थ्यो । उसले अरुलाई game धेरै खेल्यो भन्ने मान्छे, मलाइ नै Bowling कसरी गर्ने भनेर सिकाउने मान्छे अहिले kill कसरी गर्ने भनेर सिकाउछ ।

मानौ : तपाइले Game खेल्नु हुन्छ , तपाईंले आफ्नो साथीहरुलाई बोलाउनु हुन्छ, उसले नि सुरु गर्छ । अब यसले, तपाईंले नखेलेको बेलामा साथीले तपाईंलाई बोलाउछ अनि उसले नखेलेको बेलामा तपाइले उसलाइ यो ecosystem ले पनि Game Addiction बढ्दै छ ।

समाधान

Shooting Games एकदमै थोरै समयको लागि खेलेमा यसले तपाईं को focus बढाउँछ तर 5-6 घन्टाको समयमा जान्छ भने यसले पछि सम्म पनि ठूलो असर गर्छर जटिल भन्दा जटिल समस्याहरु आउन सक्छन । समस्याहरु ठुला छ्न भने समाधानको उपाय पनि अलि जटिल छ । म Game खेल्न छोड्छु भनेर मात्र हुदैन या एकचोटी अब म Game मा पैसा खर्च गर्दिन भनेर आर्को दिन Facebook मा नया Elite pass or Royal pass किन्ने जति हाजिर गरौं भनेर Post गर्ने हो भने समाधानको उपाय हेरेर मतलब नै छैन । तर छोड्नको लागि केही समय सम्म केही वस्तुहरु छोड्नु पर्छ ।

  • अत्यन्तै जटिल, मोबाईल र कम्प्यूटर चलाउन कम गर्ने,
  • अहिलेको समयमा Game addicted हरु अधिकतम कि त हरेक समय घर मै बसेर खेल्ने कि त साथीको घरमा गएर उनीहरु सँग खेल्नेहरु छ्न् । घरमा खेल्ने हरुको लागि solution भनेको एक Fix time 4-5 घन्टाको लागि मोबाइललाई घरको दराजमा राखेर चाबी लगाइ आमाबाबुको हातमा चाबी दिने ! यो सुन्दा हासो लाग्दो छ, तर उपयोगी छ र बहिर साथी कहाँ गएर खेल्नेहरुको लागि पनि त्यही हो आफू भन्दा टाढा राख कि आमाबाबुलाई दिनु । गेम सँग सम्बन्धित सबै Youtube Channels लाई Unsubscribe गर्नुस !
  • तपाइलाई Game खेल्न तान्ने चिज Youtube Gamers पनि हुन, जब तपाइले उनिहरुको video हेर्नू हुन्छ तपाईंलाई पनि उनिहरु जस्तै खेल्छु भनेर खेल्ने जोश आउछ र तपाईं Game खेल्न फेरि सुरु गर्दिनु हुन्छ । त्यसैले यो आकर्षणलाई टाढा राख्न Youtube मा recommend हुने Videos लाई पनि not interested Section मा राखी दिनुस । साथीको कुरा नसुन्नुस ।
  • जब तपाईंको साथीलाई खेल्न मनलाग्छ उस्ले तपाईंलाई पनि message or Call गर्छ र त्यो कुरालाई तपाईंले इन्कार गर्नुपर्छ ।

सोच्नै पर्ने कुरा
यो सब चिजहरु गर्नु भयो भने Game पट्टीको तपाईंको चाहना बिस्तारै हराउदै गएर कहिले काही खेल्ने Game जत्तीको मात्र रहने छ । Shooting Games यदि तपाइले दिनको १ -२ घन्टा जती मात्र खेल्नु हुन्छ भने यसले तपाइ को focus र एकाग्रता लाई बढाउछ तर बढी भयो भने दिमागमा र आखामा ठूलो प्रभाव पर्न सक्छ तर एउटा कुरा सोच्नु पर्ने छ ।

‘अहिले सम्म हामिले १००० ओटा Game खेल्यौ तर यो Game हरुमा नै किन यती धेरै समय र पैसा किन ? मनोरञ्जन लिनको लागि पैसा खर्च गर्न जरुरि छ ?’ मैले एउटा ठुलो व्यक्तिको कुरा सुनेको थिए ! ‘ तिमी १०० रुपैयाँँ खर्च गर्दा समेत सोच्छौ भने आफ्नो Life को अमुल्य समय के मा खर्च गरिरहेको छौ , त्यो पनि त सोच ‘ यो भनाइलाई पनि तपाइले आधार बनाउन सक्नु हुन्छ ।

तथापी: Online Games लाई केवल मनोरञ्जनको लागि मात्र खेल्नुस किनकी Game को उदेश्य Entertainment गर्ने हो business गर्ने हैन र तपाईंले यो Game हरुमा जति तपाइले पैसा खर्च गर्नु हुन्छ, त्यसको Reward मा तपाइले के प्राप्त गर्नु भएको छ ? रमाइलो ? त्यो त खर्च नगर्दा पनि आउथ्यो होला । अहिले भारतमा Tiktok Banned छ , पहिला Pubg नि Banned भएको थियो ! यदि यसरी नेपालमा पनि Pubg, Free fire , GTA जस्ता GAME BAN भयो भने तपाइको पैसा GAME ले फिर्ता गर्छ होला त ? त्यसैले Game लाई एक Game को दर्जा मात्र दिनुस, तपाइको जिन्दगीको भाग बन्न नदिनुस् । यी माथि उल्लेख गरिएको अनलाइन वा अफलाईन गेम प्रतिनीधि मुलक हुन यस्ता लाखौ खेलहरुले युवा पुस्ताहरुलाई अल्झाई रहेको छ ।

x