गजुरीमा एक सडक महिलालाई कोरोना संक्रमण भएको पुष्टि

Avatar photo
Dhadingpost
जेष्ठ २७, २०७७

धादिङ जेष्ठ २७ । धादिङको गजुरी बजारमा विगत डेढ वर्ष देखि सडकमा देखिने एक महिलामा कोरोना भाईरसको संक्रमण देखिएको छ ।

गजुरी गाउँपालिका गजुरी बजार देखि वडा नं.५ घाटबेशि आसपासमा सडक किनारमा देखिने नाम नखुलेको सुस्तमनस्थितिकी ३२ बर्षिय महिलाको स्वाव प्ररिक्षण गर्दा सोमबार कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएको हो ।

ति, महिलालाई सोमबार नै उपचारको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको गाउँपालिकाका उप-प्रमुख सिता ढुङुगानाले बताउनु भयो ।

हामीले ति महिलालाई उद्दार गरि स्नेही काख पुनःस्थापन केन्द्र (सुधार केन्द्र) पठाउने तयारी गरेका थियौं । सुधार गृहले आरडिटी चेक गरेर मात्र पठाउन भन्यो, गजुरीमा किट सिद्धिएकोले जेष्ठ २० गते स्वाव परिक्षको लागि पठाएका थियौ । सोमबार रिपोर्ट पोजेटिभ देखिएको उप-प्रमुख ढुङ्गानाले धादिङपोष्टलाई जानकारी दिनुभयो ।

यो रिपोर्ट सँगै वेवारीसे सडक मानवहरुबाट संक्रमण फैलन सक्ने जोखिम देखियो, त्यसैले सडकमा रहेका मानिसहरुलाई परिक्षण गरि तुरुन्त उद्दार गरिनु पर्ने समेत उप-प्रमुख ढुङ्गानाले बताउनु भयो ।

x