
धादिङ जेष्ठ २० । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ ले बागेश्वरी माध्यामिक विद्यालय मलेखुमा बनाएको क्वारेन्टाइनमा बसेका मेघराज दर्लामी मगर भन्छन्, वडाले सम्मानित तवरले आफुहरुलाई राखेको छ ।
उनी भन्छन्, बिहानै खाजा आउँछ, अनि खाना, दिउँसो खाजा, बेलुका खाना, सुत्नको लागि राम्रो प्रवन्ध छ । समय पास गर्न गाह्रो भयो भने नि:शुल्क वाईफाईको सुविधा छ, यति मात्र हैन गर्मी भए पंखाको खुविधा छ, अरु के चाहियो र हामी खुसी छौ ।
प्रहरीले नियमित गस्ती गरि रहेको हुन्छ, २ जना स्वास्थ्यर्कीहरु हामी सँगै साथमा छन् । अन्यत्र क्वारेन्टाइन राम्रो नभएको समाचारहरुमा आईरहेको भए पनि बेनिघाट रोराङ ३ मा त्यस्तो नभएको क्वारेन्टाईनमा बसेका अर्का सुकमान प्रजाले धादिङपोष्टलाई बताए ।

बेनीघाट रोराङ ३ को यस क्वारेन्टाइनमा १५ जना बस्दै आएका छन् उनीहरु सबै भारतबाट आएका थिए । हामीले क्वारेन्टाइनलाई व्यवस्थित बनाउने प्रयत्न गरेका छौ । अहिले १५ जना छ सबैको भरण पोषण वडाले नै गरि रहेको छ । अझै २० जनाको हाराहारीमा भारतबाट आउने हुनाले बेड थप्ने योजनामा रहेको वडा अध्यक्ष भुवन त्रिपाठी बताउँछन् ।
बागेश्वरी माध्यामिक विद्यालयमा वनाइएकोे प्रत्येक कोठामा २ जनाको दरले राखेका छौ । उनीहरुलाईका लागि दुईजना स्वास्थ्यकर्मीहरु सृष्टि कडेल र सरस्वती कडेल पनि खटाईएकोले अहिले सम्म क्वारेन्टाईनका कुनै समस्या नआएको वडा अध्यक्ष त्रिपाठी बताउँछन् ।

