भारतबाट आज ४९ जना धादिङबेसी आईपुगे

Avatar photo
Dhadingpost
जेष्ठ १२, २०७७

धादिङबेसी जेष्ठ १२ । भारतमा कोरोना भाईरसका कारण रोजगारीका गुमेपछि आफ्नो घर फर्कने क्रममा सोमबार ४९ जना धादिङबेसी आईपुगेका हुन् ।

नीलकण्ठ नगरापालिकाले सुनौली सम्म बस पठाएपछि उक्त बसमा ४१ जना र काठमाडौ जाने बसमा मलेखु सम्म र मलेखुबाट धादिङबेसी सम्म एम्बुलेन्समा ८ जना गरी आज ४९ जना धादिङबेसी आईपुगेका हुन् ।

आरडिटी परिक्षण तथा क्वारेनटाईनमा नबसेका उनीहरुलाई धादिङबेसी स्थित मान्मन्दिर माध्यामिक विद्यालयमा बनाईएको क्वारेन्टाईनमा राखिएको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले धादिङपोष्टलाई बताए ।

छिमेकी मुलुक भारतबाट साता अघि ३८ जना, शनिबार मात्र २१७ जना धादिङ र आज ४९ जना आए थिए, सँगै भारतबाट धादिङ आउनेको संख्या ३०४ जना पुगेका छ । जसमा १८२ जनाले आरडिटी परिक्षण नगराएको र क्वारेन्टाईनमा समेत नबसेको पाईएको छ । क्वारेन्टाईनमा नबस्ने हरुलाई धादिङका स्थानीय तहरुले क्वारेन्टाईनमा राखेका छन् ।

यो अवधिमा नीलकण्ठ नगरपालिका भित्र मात्र १८४ जना भारतबाट आएका छन् । जस मध्य १२३ जनालाई नीलकण्ठ नगरपालिकाले धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयको भवन र बालमन्दिर माध्यामिक विद्यालयको भवनमा बनाइएको क्वारेन्टाईनमा राखेको छ ।

जिल्लाभर कुन क्वारेन्टाईनका कति छन् विवरण समेत

१. नीलकण्ठ नगरपालिका -धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयमा १२३ जना
२. धुनिबेसी नगरपालिका -खानी खोला स्थित मछिन्द्र बहुमुखि क्याम्पसमा ५ जना

३. गल्छी गाउँपालिका -बागेश्वरी माध्यामिक विद्यालयमा १२ जना
४. गजुरी -आदर्श माध्यामिक विद्यालयमा ६ जना
५. बेनिघाट रोराङ गाउँपालिका -मलेखु स्थित टिचिङ मेडिकल प्रस्तावित मेडिकल हलमा ६ जना र बागेश्वरी माविमा ७ जना
६. रुबीभ्याली गाउँपालिका -तिप्लिङ स्वाथ्य चौकीमा ६ जना र सेर्तुङ स्वाथ्य चौकीमा २ जना
७. नेत्रावती गाउँपालिका -कन्यादेवि आधारभुत विद्यालयमा १७ जना
८. खनियाबास गाउँपालिका -दार्खा स्वास्थ्य चौकीमा ३ जना
९. सिद्धलेक गाउँपालिका -नागेश्वरी अधाभुत विदालयमा २३ जना
१०. त्रिपुरासुन्दरी गाउँपालिका -सल्यानटार स्वाथ्य चौकीमा ३ जना
११. ज्वालामुखी गाउँपालिका -वडा वडा बनाईएको क्वारेन्टाईनमा ९ जना

x