धादिङ जिल्ला अस्पताललाई एनआरएनएको सहयोग सामाग्री

Avatar photo
Dhadingpost
जेष्ठ ४, २०७७

धादिङ जेष्ठ ४ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङलाई गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले (एनआरएनए) ले स्वास्थ्य सुरक्षाको सामाग्री प्रदान गरेको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाज र जिल्ला अस्पताल धादिङको समन्वयको सहयोग अपिललाई स्वीकृत गर्दै परिषद्ले जिल्ला अस्पताललाई तत्काललाई अति आवश्यक पर्ने, स्वास्थ्य सुरक्षाको सामाग्री उपलब्ध गराएको राजन खकुरालले बताए ।

अन्तर्राष्ट्रिय धादिङ समाजका प्रवक्ता तथा एनआरएनए युकेका सल्लाकार समेत रहेका खकुरालका अनुसार जिल्ला अस्पताललाई तत्कालका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) ७५ थान, एन ९५ मास्क १ सय वटा, आईआर थर्ममिटर ५ वटा, सर्जिकल मास्क ५ सय वटा, पन्जा १ हजार प्रदान गरिएको हो ।

एनआरएनएले एकद्वार नीति अन्तरगत सरकारले संचालन गरेको राहात कोषमा सहयोग प्रदान गरे पनि जिल्ला अस्पतालमा सहयोगको लागि एनआरएनएका उपाध्यक्ष सोनाम लामा र बद्री केसी तथा सह कोषाध्यक्ष धादिङ कै लोक दाहालले महत्वपूर्ण भुमिका निर्वाह गरेको धादिङपोष्ट सँगको कुराकानीमा खकुरालले बताए ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड १९ महामारी विरुद्ध लड्न भौतिक सामग्री खरीदका लागि नेपाल सरकारलाई १ करोड ६० लाख रुपैंयाँ सहयोग गरेको थियो । तस्वीरः कृष्ण उप्रेती, जिल्ला अस्पताल धादिङ

x