
धादिङ जेष्ठ ४ । धादिङको गंगाजमुना गाउँपालिका -४ गुम्दी, रातमाटेबाट उपचारको लागि काठमाडौं गएका बाबु छोरा नै सम्पर्क विहिन भएका छन् ।
धादिङबाट एम्बुलेन्समा छोराको उपचारको लागि गएका ६० वर्षिय डिल बहादुर थापा मगर र २८ वर्षिय छोरा देव बहादुर थापा मगर सम्पर्क विहिन भएको ठाकुर गुरुङले बताए ।
घटनाको विषयमा धादिङपोष्टलाई जानकारी दिदै गुरुङ भन्छन् , मानसिक रोगी छोरालाई उपचार गर्न एम्बुलेन्सबाट बैशाख ३० गते काठमाडौ पुगेका उनीहरु काठमाडौं स्थित माछा-पोखरीको गुम्दी होटलमा बास बसेका थिए ।
जेष्ठ १ गते बिहानी उपचारको लागि जाँदै गर्दा सोह्रखुट्टेबाट छोरा देव बहादुर थापा मगर हराए पछि डिल बहादुर थापा मगरले दिनभर खोजे तर पत्ता नलागे पछि पुन: उनी त्यहि होटलमा फर्किएर बास बसे भने जेष्ठ २ गते पुन छोराको खोजीमा निस्किएका उनी आज सम्म सम्पर्कमा नआएको अनु थापाले बताई ।
अग्लो कद गहु गोरो सेतो सट स्टकोट लगाएको छोरा देब बहादुर थापा मगर जेष्ठ १ गते र बुबा जेष्ठ २ गते देखि काठमाडौ सोह्रखुट्टे र माछापोखरी आसपासबाट हराएकोले देख्नु हुने जो कोहीले पनि सम्पर्क गरि दिन अनुले आग्रह गरेकी छिन् ।
नजिकको प्रहरीकोमा पनि खवर गरि सकिएको छ, आफन्तहरुकोमा पनि खोजतलास भै सक्यो, तर पत्ता नलाएकोले सार्वजनिक रुप मै खोजतलासको आव्हान गर्दै अनुले देख्नु हुने महानुभावले ९८४२९८२९५३ वा नजिकको प्रहरीको मा खवर गर्न आग्रह गरेकी छिन् ।

