
धादिङ बैशाख ३० । धादिङको गजुरी गाँउपालिका वडा नं. २ वितलव (मायाटार) मा लिची वन रिर्सोट सञ्चालनमा आएको छ ।
आन्तरिक तथा बाह्य पर्यटन क्षेत्र प्रर्वद्धनलाई कृषिवनसंग जोडेर पर्यटकहरुलाई भरपुर आन्नद दिने उद्देश्यले लिची वन रिर्सोट सञ्चालनमा आएको बताईएको छ ।
रिर्सोट एउटा नेपाली मौलिक घर छ । जसमा बुईंगल, बार्दली, चुलो र मझेरी, पालीमुनि ढिकी, जाँतो, फलैंचा, सिंढी, बार्दलीमा सुकाएको मकैको झुत्ता छन् ।
नेपालीपनको घरको मौलिकता जोगाउने २०७२ सालको भुकम्पले क्षति पु¥याएको घरलाई प्रवलिकरण गरिएको छ । अर्को आरसिसि गरेको आधुनिक घरमा एयर कण्डिसन रुम रहेकाछन् ।
रिर्सोटमा पर्यटकले आफ्नोे क्रयशक्ति र शोखलाई नेपाली मौलिकपन र आधुनिक सुविधामा रम्न पाउने छन् ।
पर्यटन विकाससंगै आधुनिकताको विकास भईरहेको र नेपाली मौलिकपन हराउदै जाने क्रम देखिएकाले कृषि पर्यटनको एकिकृत विकास योजना अनुसार ११ रोपनी जग्गामा लिचि लगाएको रिर्सोट बनाएको सञ्चालक राजन कुमार कडेलले बताए ।
पढाई लेखाई र जागिरको दौरान जहाँ पुगेपनि पेशा व्यावसाय आफैं जन्मे, हुर्केको ठाउँमा गर्नुपर्छ भन्ने मान्यता बोकेर रिसोर्टमा लगानी गरेको कँडेलले बताए । विश्वभर महामारीका रुपमा फैलिएको कोराना भाइरस ( कोभिड-१९) को कारण नेपाल भ्रमण वर्ष २०२० स्थिगत गर्नु पर्ने अवस्था आयो ।
सरकारले फेरी पर्यटक दर्शकका रुपमा कार्यक्रम अघि सार्ने बताएको छ । रिर्सोट निमार्णसम्पन्न हुदाँ ११ करोड लगानी हुने भएपनि अहिले ३ करोड रुपयाँ लगानी भैसकेको छ । रिर्सोटमा ५ ओटा शयन कक्ष, सेमिनार हल, रेष्टुरेन्टको व्ष्वस्था छ । १० वटा एटेज कटेज रुम निर्माणाधिन छन् ।
रिर्सोट निमार्ण सम्पन्न गरिसकेपछि सञ्चालन गर्नु भन्दा निमार्ण गर्दै रिर्सोट सञ्चालन गर्दा प्रचार प्रसार भइरहने र पर्यटक आगमन समेत भइरहने भएकाले रिर्सोट सञ्चालनमा ल्याएको कडेलले बताए ।
विशेष गरी पारिवारिक भ्रमणलाई ध्यानमा राखी रिसोर्टमा शान्त वातावरण, स्थानीय मनभोग चामलको बासनादार भात, लोकल कुखुराको मासु, आफ्नै बारीमा लगाइएको अर्गानिक तरकारी, मूला, गुन्द्रुकको अचार, दहि दुध खाना रुपमा खान पाइने प्रर्वन्ध निर्देशक विष्णुमाया कंडेलले बताइन ।
लिचि फुल्ने र फल्ने समयमा त यसले झन सुन्दरता दिने छ । लिचि बगैंचा भित्र टेवुल कुर्ची राखेर खाना खाने प्रवन्ध मिलाइएको प्रवन्ध निर्देशक कडेंलले बताइन । माछा बजारका रुपमा पहिचान बनाएको मलेख बजारबाट दक्षिण मलेखु भण्डारा सडक खण्डको मलेखुबजारबाट दुए किलो मिटर भित्र लिचि बन रिसोर्ट रहेको छ ।
त्रिदेशीय द्रुत मार्गका रुपमा चर्चामा रहेको रसुवागढी–गल्छी–मलेखु–भण्डारा–ठोरी सडक खण्डमै रिर्सोट रहेकाले पनि रिर्सोटको भविष्य उज्जवल रहेको सञ्चालक कडेंलले बताए । रिर्सोटको छ किलो मिटरमा तुदी झरना रहेको छ । जुन झरनाले लकडाउनको अवधिमा निकै चर्चा पाएको छ ।
यो झरना सहित गजुरी गाँउपालिकामा प्रशस्त पर्यटकीय क्षेत्र रहेकाले प्याकेजका रुपमा सञ्चालन गर्ने योजना रहेको उनले बताए ।
शुरुमा एअरलाइन्स र पछि औद्योगिक क्षेत्रमा काम गरका कँडेल राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग पर्यटन क्षेत्र पनि एक हो । पर्यटन प्रवद्र्धन गर्न होटल तथा रिसोर्टहरु सञ्चालन गर्नुपर्ने हुन्छ । पर्यटन क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न सके मात्र बाह्रिय पर्यटक भित्र्याउन सकिने कडेलले भनाइ छ । यो खवर राजेन्द्र बस्नेतले कारोवार दैनिकमा प्रकाशितगरेका छन् ।

