
धादिङ बैशाख २६ । धादिङ सिद्धलेक गाउँपालिकामा क्रिश्चियन एडले राहात बाड्न सुरु गरेको छ ।
बैशाख ५ गते सिद्धलेक गाउँ कार्यपालिकाको बैठकले खाद्यान्न वितरणका लागि क्रिश्चियन एड सँग माग प्रस्ताव गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले अफिसिएल रुपमा खाद्यान्न मागको लागि क्रिश्चियन एड लाई पत्र पठायो तर क्रिश्चियन एडले गाउँपालिकालाई खाद्यान्न उपलब्ध नगरी सिधैं फोकस नेपाल र गाउँपालिकाको सहयोगमा बिहिबारदेखि आफै राहात वितरण गर्न सुरु गरेको स्थानीयहरुले बताए ।
सबै जना परमेश्वरको नजरमा बराबर छन् । यद्यपि हामी यस्तो संसारमा बाँचिरहेका छौं जहाँ गरीबी अझै पनि कायम छ । सँगै हामी एक यस्तो विश्व सिर्जना गर्न सक्दछौं जहाँ सबैले गरीबीमुक्त पूर्ण जीवन बिताउन सक्दछन् । भन्ने सन्देशका साथ गरिवी वस्तीहरुमा राहात लिएर पुग्ने क्रिश्चियन एडले धादिङमा फोकस नेपाल मार्फत गरिवी बस्तीमा पुग्ने गरि हेको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामको लागी लकडाउन भएसँगै ज्याला मजदुरी गर्ने, असाहय, गरिब, विपन्नहरु समस्या निराकरण गर्न सिद्धलेकले क्रिश्चियन एड सँग राहात माग्नु नाजाएज हैन तर आफ्ना नागरीकलाई आफै बाड्न नसक्नु गाउँपालिकाको कमजोरी भएको स्थानीयहरुले आरोप लगाएका छन् ।
क्रिश्चियन एड ले फोकस नेपाल र गाउँपालिकाका जनप्रतिनिधीहरुको सहयोगमा बिहिबार सिद्धलेकको वडा नम्बर ५,६ र ७ मा १ सय ९ जनालाई राहत वितरण गरेको थियो ।
राहत वितरणको क्रममा प्रत्येक घरलाई ३० किलो चामल, ३ किलो दाल, २ किलो नुन, २ लिटर तेल साथै साबुन, मास्क तथा पन्जा उपलब्ध गराएको स्थायीयहरुले बताएका छन् ।
