बेनीघाट रोराङलाई शान्ति नेपालद्वारा स्वास्थ्य सामाग्री प्रदान

Avatar photo
Dhadingpost
बैशाख २१, २०७७

धादिङ बैशाख २१ । धादिङको बेनीघाट रोराङ गाउँपालिकालाई शान्ति नेपालले सीएफजीवी क्यानाडाको आर्थिक सहयोग तथा एमसीसी नेपालसँगको साझेदारीमा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान प्रदान गरेको छ ।

शान्ति नेपालले बेनिघाट रोराङलाई पीपीई सेट १०, थर्मल गन ४ वटा, एन ९५ मास्क ९० वटा, क्लिनिकल पन्जा १५ सय, क्लिनिकल १ हजार, स्यानीटाईजर १५० वटा स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना संक्रमण र यसले आम जन मानसमा सृजना गरेको संत्रास सँगै बेनिघाट रोराङमा दुई महिना देखि देखिएको दादुरा संक्रमण नियन्त्रणका स्वास्थ्य सामाग्री प्रदान गरिएको शान्ति नेपालले जनाएको छ ।

बैशाख २५ गते सम्म सरकारले लकडाउन जारी गरे पछि विस्तारै जनजिवन सामन्य बन्दै गहिरहेका छन् भने धादिङका स्थानीय तहले पनि निजी तथा सामुदायीक विद्यालयलाई सामाजिक दुरी कायम राख्दै परिक्षाफल प्रकाशित र भर्ना प्रक्रियालाई अगाडी बढाउन आव्हान गरेका छन् ।

यसैबीच बेनिघाट रोराङमा दादुरा रोग नियन्त्रण भन्दा बाहिर जान सक्ने जोखिम बढे सँगै बैशाख १७ गते देखि २३ गते सम्मलाई दादुरा रुबेला खोप अभियान संचालन गरिएको छ ।

यो अभियान र कोरोना रोकथामको लागि शान्ति नेपालले प्रदान गरेको स्वास्थ्य सामाग्रीले गाउँपालिकालाई केहिहद सम्म भनेपनि राहात प्रदान गरेको बेनीघाट रोराङका सूचना अधिकारी परशुराम घिमिरेले बताए ।

यस अघि यति नै संख्यामा शान्ति नेपालले गजुरी गाउँपालिकालाई पनि स्वास्थ्य सामाग्री प्रदान गरेको थियो ।

x