बेनीघाट रोराङमा बन्ने क्रिकेट मैदान सम्म जान सडक निर्माण हुँदै

Avatar photo
दिपेश कडेल
बैशाख १९, २०७७

धादिङ बैशाख १९ । धादिङको बेनीघाट रोराङमा बन्न लागेको क्रिकेट रंगशाला निमार्ण स्थल सम्म जाने सडक खन्ने काम सुरु भएको छ ।

१६ करोडको डीपीआर अनुरुपमको लागतमा बनाईन लागेको उक्त रंगशाला यस आर्थिक वर्षमा ५० लाखको मात्र काम हुन लागे सँगै सामाग्री ढुवानीका लागि शुक्रबार देखि सडक खन्ने काम सुरु भएको हो ।

बेनीघाट रोराङ गाउँपालिका स्थित बेनिघाट-५ बाहुनटारमा बन्ने उक्त रंगशाला निर्माणका लागि चाहिने आबश्यक समाग्री खरिदका लागि आफ्नो दर रेट अनुरुप ७ दिन भित्र पेस गर्न निमार्ण समितिले कोटेशन आह्वान गरि सकेको छ ।

गत सोमबार कृष्णराम कडेलको अध्यक्षतामा निमार्ण उपभोक्ता समिति बने सँगै काम अगाडी बढे सँगै कोटेशन माग गरिएको र ७ दिनको समय पछि खेल मैदान निमार्ण सुरु हुने दिपेश कडेलले धादिङपोष्टलाई बताए ।

खेलाडीहरु र खेलप्रेमीहरुको नेतृत्व गरेर मैले नै यस ठाउँमा क्रिकेट रंगशाला बनाउने प्रस्ताव बोकेर गाउँपालिका प्रमुख पित्त बहादुर डल्लाकोटी (हरि) कहाँ गएको थिएँ । अत्यन्त पोजेटिभ हुँदै प्रमुख डल्लाकोटीले गाउँपालिकाबाट डीपीआर गराई फाईल बोकेर कहिले प्रदेश कहिले संघ पुग्नु भयो र आज जिल्ला कै पहिचान दिने गरि क्रिकेट मैदान बन्न लागेकोकडेलले धादिङपोष्टलाई बताए ।

यस्तो बनेको छ रंगशाला निमार्ण समिति
१. अध्यक्ष -कृष्णराम कडेल
२. उपाध्यक्ष -निर्मला सिलवाल
३. सचिव -प्रेमनाथ कडेल
४. कोषाध्यक्ष -प्रतिभा कडेल
५. सदस्यहरुः रामहरि कडेल, इश्वर कुमार श्रेष्ठ, सिपक सिलवाल, सुब्बाकुमार श्रेष्ठ, बासुदेव कडेल, विकास श्रेष्ठ, ढक बहादुर सुनार, विमोचन सिलवाल, राजिव गिरी, सुमन सुनार र कृष्णकुमारी कडेल रहेका छन् ।

अनुगमन समिति
१. संयोजक –प्रयास श्रेष्ठ
२. सदस्यहरु: रेवती प्रसाद कडेल, दिपेश कडेल, बासुदेव कडेल, फलचन श्रेष्ठ, पूर्णकुमार कडेल, शुसिलचन्द्र रेग्मी, देवराज कडेल र चित्रादेवी नहर्की रहेका छन् ।

x