
धादिङ बैशाख १८ । धादिङबेसीबाट ज्यालादारी मजदुरी गर्न लुक्ला पुगेका धादिङ सेर्तुङ्का दुई जना ओखलढुङ्गा आईपुगेर अलपत्र परेका छन् ।
ट्रेकिङ भरिया, कामको लागि लुक्ला आएका थियौं, लकडाउन भयो अनि केहि दिन निमार्ण सम्बन्धी काम गर्यौ । ठेकदार पनि हराए, खाद्यान्न संकट भयो, अनि घर हिडेका हौं । ६ दिन हिडेर ओखलढुङ्गा बजार आईपुगेर अलपत्र परेको जी बहादुर तामाङले धादिङपोष्टलाई बताए ।
अलपत्र अवस्थामा थकित अनुहारमा भेटिएका उनीहरु दुबै जनालाई, बुधबार ओखलढुङ्गा सिद्धिचरण नगरपालिकाका पारस मगरले आफ्नो घर पुर्याई, आराम गराई, खानपिन सहि एक रात बस्ने व्यवस्था गरि दिएका थिए ।
पारस मगरले धादिङपोष्टलाई खवर गरि धादिङका दुई युवाहरु लकडाउनका कारण ओखलढुङ्गामा अलपत्र परेको जानकारी गराए पछि मात्र उनीहरु अलपत्र परेको खवर बाहिर आएको हो ।
उनै मगरले अलपत्र परेका धादिङ रुबीभ्याली ३ सेर्तुङका २ जना जि बहादुर तामाङ र कर्मी नुर्वु तामाङलाई ओखलढुङ्गा सदरमुकाम सम्म जाने बन्द बस्त मिलाई दिएपछि उनीहरु बिहिबार ओखलढुङ्गा बजार आईपुगेका हुन् ।
पारस मगर कै सम्पर्कमा एक जना पत्रकारले उनीहरुलाई एउटा होटलमा पुर्याई दिएका छन् । होटलबालाले बिहिबार एक रातको लागि मात्र हामी राख्ने हौ, भन्दै छन्, गाडी चलेको छैन, लौन पहल गरिदिन भनेर जि बहादुर तामाङले हामीलाई आग्रह गरे ।
धादिङपोष्ट सँग कुरा गर्दै उनी भन्छन्, गाउँपालिका अध्यक्षले पहल गरे घर फर्किन सकिन्छ रे, पालिका अध्यक्ष, वर्डा अध्यक्ष र आफ्नै भिनाजु रामसिंह तामाङको पनि सम्पर्क नम्बर छैन । उनीहरुलाई खबर गरि दिनु पर्यो हामी सँग बाटो खर्च पनि छैन ।
बाटोमा माग्दै खाँदै आईरहेका छौं, कतिपयले पारस मगरले जस्तै मानवियता देखाउँछन्, कतिपयले वचन लगाउँछन्, दुरदुर गर्छन् ।
यात्रामा खाना र बस्न कै साह्रै चिन्ता हुँदो रहेछ अहिले त खुट्टा दुखेर हिड्न समेत नसक्ने अवस्थामा आईपुगेर अलपत्र परेको उनीहरुले हामीलाई बताए । अलपत्र अवस्थामा रहेका यी दुई जनालाई ९८४०९३०४५२ मा सम्पर्क गर्न सकिने छ ।
