रुबीभ्यालीद्वारा खाद्यान्न पसलमा मुल्य सुचि राख्न आव्हान

Avatar photo
Dhadingpost
बैशाख १५, २०७७

धादिङ बैशाख १५ । धादिङको हिमाली गाउँपालिकाका रुपमा चिनिने रुबीभ्याली गाउँपालिकाले खाद्यान्न पसलहरुमा अनिवार्य मुल्य सुची राख्न व्यवसायीहरुलाई आव्हान गरेको छ ।

खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरुको कालाबजारी भएको जन गुनासो आएपछि गाउँपालिकाले मुल्य सुचि अनिर्वाय गरेको वडा अध्यक्ष धिरज तामाङले धादिङपोष्टलाई बताए ।

वडा अध्यक्ष तामाङका अनुसार- गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट एकान्तबास यो अवधिमा सहज आवतजावत र सामान आपूर्ति हुन नसकेको अवस्थामा डिलर र सव डिलरमा सामानको दर भाउ नबढेको र कुनै पनि किराना पसलहरुमा कालो बजारी नहोस् भन्नाका लागि मुल्या सुचि अनिवार्य गरेको हो ।

यो संकटमा, मुल्य सुचि नराख्ने र कालाबजारी गर्ने, मिति सकिएका सामानहरु विक्रि वितरण गर्ने कार्यमा संलग्नहरुलाई कानुनी दायरामा ल्याईने समेत उनलले बताए ।

x