
धादिङ बैशाख १२ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकालाई German Nepalese Help Association(GNHA) ले स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।
५ थान पीपीई, ३०० वटा सर्जिकल मास्क, ५० वटा सेनिटाईजर, २०० जोडी पन्जा र २ वटा थर्मल गन GNHA का एकराज सापकोटा, दिपेन्द्र राजभण्डारी, इन्द्र लामा, काजीराम महर्जनले गाउँपालिका अध्यक्ष दुर्गाकुमार शाक्यलाई हस्तान्तरण गरेका हुन् ।
लकडाउनको कारण खाद्यान्न संकटमा परेका गरिव विपन्न र मजदुरहरुलाई पहिलो चरणको खाद्यान्न सामाग्री वितरण गरिसकेको नेत्रावती डब्जोङले सहयोग गर्न इच्छुक व्यक्ति वा संस्थाहरुलाई एकद्वार निती अवलम्बन गरि गाउँपालिका सँग् समन्वय गर्न आग्रह गर्दै आएको छ ।
कोरोना भाईसर संक्रमित वैदेशिक रोजगारिबाट फर्किएका युवा उरबहादुर तामाङ यहि गाउँपालिकाका हुन् उनि अहिले निको भएर घर फर्कि सकेका छन् ।
कोरोना भाईरसको संक्रमण देखिए पछि २९ दिन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराई पूर्ण निको भएर बिहिबार तामाङ धादिङ घर फर्किएका हुन् ।
अस्पतालले बुधबार नै डिस्चार्ज गरेपनि काठमाडौका सबै होटल बन्द र धादिङबाट कोही लिनजान यातायतको सुविधा नभएपछि बिहिबार जिल्ला अस्पताल धादिङका अध्यक्ष महेन्द्र धमलाले तामाङलाई धादिङ ल्याएका थिए ।

