
धादिङ बैशाख ७ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाले कोरोना भाईरसको संक्रमण रोकथाम तथा राहात वितरणको लागि प्रकोप व्यवस्थापन कोष संचालनमा ल्याएको छ ।
उक्त कोषमा गाउँपालिका प्रमुखले २० हजार उप प्रमुखले १५ हजार, वडा अध्यक्षहरुले १० हजार, कार्यपालिका सदस्यहरुले ५ हजार, वडा सदस्यहरुले ३ हजार, स्वास्थ्य कर्मी बाहेकका कर्मचारी शिक्षकहरुले ५ दिन बराबरको रकम जम्मा गर्नु पर्ने गाउँपालिकाको बैठकले निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न गाउँपालिकाको बैठकले गाउँपालिकाको ०७६७७ मा विपद तथा आपतकालिन शिर्षकमा राखिएको रकम समेत कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
बैठकले गाउँपालिकामा रहेका एम्बुलेन्सहरु स्वास्थ्य केन्द्रमा अनिवार्य रुपमा तयारी अवस्थामा निर्देशन गरेको छ । अब एम्बुलेन्स संचालन स्वास्थ्य केन्द्रको व्यवस्थापन समितिका अध्यक्ष मार्फत गर्ने समेत निर्णय गरिएको छ ।

