गंगाजमुनामा आफुखुसी राहात बाड्नेलाई कार्वाही गरिने

Avatar photo
Dhadingpost
बैशाख ६, २०७७

धादिङ बैशाख ६ । धादिङको गंगजमुना गाउँपालिकाले आफुखुसी कसैले राहात वितरण गरे कानुन बमोजिम कार्वाही गरिने जनाएको छ ।

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै एकद्वारा राहात वितरण गर्ने गाउँपालिकको निर्णय अटेर गरि आफुखुसी राहात बाड्ने व्यक्ति वा संस्थालाई कानुन बमोजिम कार्वाही गरिने जनाएका हो ।

केहि व्यक्ति र संस्थाहरु गाउँपालिका प्रवेस गरि आफ्नो टोल गाउँ, चिनजानको आधारमा राहात बाड्न थाले पछि गाउँपालिकाले आफुखुसी राहात वितरण नगर्न नगाराउन भन्दै सूचना जारी गरेको हो ।