
धादिङ बैशाख ५ । धादिङको गंगाजमुना गाउँपालिका वडा नं. ४ का मजदुर, असाह्य तथा विपन्न १८० परिवारलाई खाद्यान्न सामाग्री राहात स्वरुप वितरण गरिएको छ ।
कोरोना भाईरस संक्रमणको रोकतथामको लागि भएको लकडाउनका कारण खाद्यान्न संकटमा रहेका उनीहरुलाई प्रति परिवार २५ केजी चामल, ३ केजी दाल, १ केजी नुन, ३ केजी चिउरा, खाने तेल १ लिटर र खाद्यान्न बाहेक प्रति परिवार १ वटा साबुन प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।
