अल्फारो डेल भाल्लेद्वारा सिद्धलेकलाई आर्थिक सहयोग

Avatar photo
Dhadingpost
बैशाख ५, २०७७

धादिङ बैशाख ५ । नेपालमा १५ करोड भन्दा बढी आर्थिक सहयोग गरि सकेका स्पेन नागरिक ८३ वर्षिय अल्फारो डेल भाल्ले जोसे (Alfaro del valley jose) ले सिद्धलेक गाउँपालिकालाई आर्थिक सहयोग गरेका छन् ।

सिद्धलेक गाउँपालिकाले कोरोना भाईरसको संक्रमण रोकथाम तथा राहात प्रदान गर्नको लागि संचालन गरेको विपद कोषका लागि डेल जोसेले २ लाख नगद सहयोग गरेका हुन् ।

शुक्रबार गाउँपालिकाका प्रमुख प्रमेनाथ सिलवाललाई भेटेर जोसेले २ लाखको चेक हस्तान्त्रण गरेका थिए ।

सिद्धलेकको विकास निमार्णको लागि ७ करोड भन्दा बढी आर्थिक सहयोग गरि सकेका समाजसेवी अल्फारो डेल भालेले वार्षिक ५० लाख रुपैयाँ खर्च गरेर विगत ४ वर्ष देखि सिद्धलेक र ज्वालामुखि गाउँपालिकाका विभिन्न ४४ वटा विद्यालयमा ३ हजार ३७५ जना विद्यार्थीहरुलाई दिवा खाजा समेत खुवाउँदै आएका छन् ।

सिद्धलेक गाउँपालिका नलाङमा विगत ४ वर्ष पहिले देखि बस्दै आएका अल्फारो डेल भालेले नेपालको नागरिक भनेर चिनिएर मर्ने इच्छा भएकोले नागरिकताको लागि पहल गरिदिन समेत आव्हान गरेको तिलक गुरुङले धादिङपोष्टलाई बताए । (धादिङपोष्टका लागि तस्वीरः तिलक गुरुङ)

x