
धादिङ बैशाख ४ । सिद्धलेक गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा उपहार महिला कृषि सहकारी संस्था लिमिटेडले पचास हजार सहयोग गरेको छ ।
सिद्धलेक गाउँपालिकाले कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको विपद् व्यवस्थापन कोषमा उपहार महिला कृषि सहकारी संस्था लिमिटेड सिद्धलेक, बुङचुङले ५० हजार रुपैया सहयोग गरेको हो ।
बिहिबार उपहार कृषि सहकारी संस्था लिमिटेड सिद्धलेक, बुङचुङका अध्यक्ष सुनिता सिलवालको नेतृत्वको टिमले चेक गाउँपालिकाका प्रमुख प्रेमनाथ सिलवाललाई हस्तान्तरण गरेको थियो ।
सिद्धलेक गाउँपालिकाले बुङचुङमा रहेको कुमारी बैंक लिमिटेडमा विपद व्यवस्थापन कोषको खाता नं ०८१००३५१२३१००००४ मा रकम जम्मा गरेर सहयोग गरिदिन आब्हान गरेको छ । तस्वीरः इश्वरी कोईराला

