बेनिघाट रोराङ ६ मा १८५ परिवारलाई खाद्य सामाग्री वितरण, अझै अपुग

Avatar photo
Dhadingpost
चैत्र ३०, २०७६

धादिङ चैत्र ३० । धादिङको बेनिघाट रोराङ वडा नं. ६ मा रहेका मजदुर तथा विपन्न १ सय ८५ परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

वडा अध्यक्ष देवकृष्ण आलेमगरले लकडाउन र दादुरा प्रकोपको मारमा परेका मजदुर र गरिव १ सय ८५ परिवारलाई, परिवार संख्या हेरेर चामल, दाल, तेल, नुन साबुन प्रदान गरिएको बताए ।

दुई जना भन्दा बढी परिवार सदस्य हुनेलाई ३० केजी चामल र २ जना परिवार सदस्य हुनेलाई १५ केजी चामलको साथमा दाल, तेल, नुन र साबुन लगायतका सामाग्री प्रदान गरिएको समेत वडा अध्यक्ष आलेमगरले धादिङपोष्टलाई बताए ।

दादुराको प्रकोप फैलिएको चेपाङ समुदायमा यहि वडा मा बढी हरेकाले गाउँपालिकाले स्वास्थ्य अभियान पनि चलाई रहेको छ ।

बेनीघाट रोराङ गाउँपालिकाले राहात वितरण गरि सकेको वडाहरु

x