
धादिङ चैत्र २९ । धादिङको बेनीघाट रोराङ, सिद्धलेक का सामुदायी वनहरुमा विगत चार दिन देखि लागेको डढेंलो नियन्त्रण तर्फ कसैले ध्यान दिएको देखिँदैन ।
विगतका वर्षहरुमा जिल्ला वन कार्यलयले यो चैत्र वैशाखमा डढेंले नियन्त्रणका विभिन्न कार्यक्रमहरु गर्ने गरेको पाइन्थ्यो । यस वर्ष भने कुनै क्रियाकलाप गरेको देखिदैन ।
यस वर्ष यहि वेला विश्वमा नै फैलिएको कोरोना भाईरस संक्रमण फैलिए सँगै नेपालमा पनि लकडाउनमा रहेकाले धादिङका सामुदायीक वनमा लागेको आगो नियन्त्रण तर्फ कसैको ध्यान गएको देखिदैन ।
बेनीघाटबजार माथि रहको आदामारा जङगल, सिद्धलेक सलाङ्मा मात्र हैन बेनीघट पारि सिउरेनी माथिको सामुदायीक वनमा केहि दिन अघिदेखि डढेलो लागि रहेको बेनिघाटबाट महाजन श्रेष्ठले बताए ।
सिउरेनी नजिकैको सामुदायीक वनमा लागेको डढेलोले वन मात्र सखाप भैरको छैन, बेनिघाट बजार यसका आपपासका क्षेत्रमा धुँवा फैलिएकोले नवजात शिशु, बृद्धवृद्दा तथा दमका दिर्घरोगीहरुलाई सास फेर्न गार्हो भएको समेत श्रेष्ठले धादिङपोष्टलाई बताए ।

