
धादिङ चैत्र २९ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले वडा नं. ५ का मजदुर र विपन्न २ सय १८ परिवारलाई राहात स्वरुप खाद्यान्न सामाग्री वितरण गरेको छ ।
गत मंगलबार देखि सुरुभएको उक्त राहात वितरण अन्तरगत शनिबार सम्ममा वडा नं. ५ का २ सय १८ परिवारलाई खाद्यान्न सामाग्री वितरण भएको दिपेश कडेलले धादिङपोष्टलाई बताए ।
कडेलका अनुसार दैनिक मजदुरी गरिखाने र लकडाउनका कारण खाद्यान्न संकटमा परेका ३ जना भन्दा माथिको परिवार संख्या हुनेलाई ३० केजी चामल र २ जना सम्म परिवार संख्या हुनेलाई १५ केजी चामलको साथमा दाल, तेल, चिनी र साबुन प्रदान गरिएको थियो ।
अहिले सम्म धादिङ जिल्लामा नै धेरै परिवारलाई राहात बाढेको बेनिघाट रोराङले ४ वटा वडामा राहात बाढ्न बाँकी छँदै १ हजार ९७ परिवारलाई खाद्यान्न राहात सामाग्री प्रदान गरि सकेको छ ।

