बेनीघाट रोराङ ९ ले घर-घर पुर्याई दियो राहात सामाग्री

Avatar photo
Dhadingpost
चैत्र २८, २०७६

धादिङ चैत्र २८ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ का १ सय १० मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न राहात सामाग्री घर-घर पुर्याईएको छ ।

लकडाउनको मारमा परेका मजदुर तथा विपन्न परिवारलाई सहजता होस् भन्ने सोचका साथ १ सय १० परिवारलाई नै घर घर खाद्यान्न राहात सामाग्री पुर्याईएको वडा अध्यक्ष सुरेश मल्लले धादिङपोष्टलाई बताए ।

वडा अध्यक्ष मल्लका अनुसार २ जना सम्मको परिवार हुनेलाई १५ केजी चामल र २ जना भन्दा माथि परिवार सदस्य हुनेलाई ३० केजी चामलको साथमा नुन, तेल, दाल र चीनी घर घर पुर्याईएको हो ।

बेनीघाट रोराङ गाउँपालिकाले राहात वितरण गरि सकेको वडाहरु

x