धुनीबेसी नगरपालिकालाई खाद्य सामाग्री सहयोग

Avatar photo
Dhadingpost
चैत्र २८, २०७६

धादिङ चैत्र २८ । धादिङको धुनीबेसी नगरपालिकालाई सत गुरु गोरख नाथ कल्याण केन्द्र नेपाल धुनिबेशी शाखाले लकडाउनका कारण खाद्यान्न संकटमा परेका मजदुर र विपन्न परिवालाई सहयोग हुनेगरि चामल, दाल, तेल, नुन र साबुन सहयोग गरेको छ ।

धुनीबेसीलाई गोरख नाथ कल्याण केन्द्र धुनिबेशी शाखाले सोना मन्सुली चामल ४० बोरा, मुसुरोको दाल ४ बोरा, तेल ४ काटुन, नुन ५० केजी, हातधुने साबुन १ सय ४४ पिस सहयोग गरेको हो ।

धुनिबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले मजदुर तथा विपन्न परिवारको चुलो बाल्नको लागि वा भोग र रोग बाट बचाउन नगरले पहिलो चरणको राहात वितरण गरिरहेको बेला प्राप्त यस सहयोगका अति महत्वपूर्ण रहेको बताएका छन् ।

x