
धादिङ चैत्र २८ । धादिङको सिद्धलेक गाउँपालिका अन्तरगत पर्ने कुम्पुर भञ्ज्याङमा स्थानीयहरुले सडक अवरुद्ध पारेका छन् ।
कोरोना भाईरस रोकथामका लागि सरकारले लागु गरेको लकडाउन उल्लङ्घन गर्दै यातायातका साधनहरु निर्वाध रुपमा चलाउन थालेपछि स्थानियहरुले शुक्रबार सडक अवरुद्ध गरेको स्थानीय मनोज घलेले धादिङपोष्टलाई बताए ।
सडक अवरुद्ध गर्नु कानुन विपरित भएपनि धादिङका ठाउँ ठाउँमा सडकमा तारजाली, ढुङ्गा राखि सडकहरु अवरुद्ध बनाईएका छन् ।

