
धादिङ चैत्र २६ । धादिङको बेनिघाट रोराङले लकडाउनका कारण खाद्यन्न संकटमा रहेका मजदुर तथा विपन्न परिवारलाई राहात वितरण गर्ने क्रममा र अन्य स्वास्थ्य सामाग्री सहयोग गर्ने सहयोगीहरुको नामावली सार्वजनिक गरेको छ ।
बेनीघाट रोराङका प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराईले बुधबार एक विज्ञप्ती जारी गर्दै यस विप्पतीमा रहयो गर्ने जनप्रतिनीधि, कर्मचारी, संघ संस्था र व्यक्तिहरुलाई धन्यावाद गर्दै नामावली सार्वजनिक गरेका हुन् ।
प्रशासकिय अधिकृत भट्टराईले विज्ञप्तीमा खाद्यान्न वितरण जारी रहेको र सहयोगीहरु सँग आगामी दिनमा पनि निरन्तर सहयोग प्राप्त हुने आशा राखेको समेत बताएका छन् ।


