बोदनाथ दुवाडीले ५० हजारको चामल र दाल सहयोग गर्ने

Avatar photo
Dhadingpost
चैत्र २५, २०७६

धादिङबेसी चैत्र २५ । धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बोदनाथ दुवाडीले लकडाउनमा परि खाद्यान्न संकटमा रहेका मजदुरहरुका लागि ५० हजार बराबरको चामल र दाल दिने घोषणा गरेका छन् ।

धादिङबेसीमा दुवाडी एग्रभेट संचालन गर्दै आएका दुवाडीले धादिङपोष्ट सँग कुरा गर्दै आफुले धादिङ उद्योग वाणिज्य संघ मार्फत संकटमा रहेका परिवारलाई ५० हजार बराबरको चामल र दाल खाद्यान्न सहयोग गर्न लाकेको बताएका हुन् ।

धादिङ उद्योग वाणिज्य संघले व्यवसायीहरु सँग राहात संकलन गरि धादिङ स्थानिय तह मार्फत खाद्यान्न संकटमा रहेका परिवारलाई सहयोग गर्ने निर्णय गरेको धादिङ उद्योग वाणिज्य संघका महासचिव लोकनाथ डल्लाकोटी बताए ।

कार्य समितिको बैठकमा नै बोदनाथ दुवाडी, राजाराम सिलवाल, रामकुमार डल्लाकोटी, विष्णु श्रेष्ठ लगायतले सहयोगको घोषणा गरेका थिए ।

x