
धादिङ चैत्र २३ । सरकारले कोरोना भाईरसको संक्रमण रोक्न देशभर लकडाउन गरेको छ ।
लकडाउनले गर्दा मुख्य बजारहरु बन्द रहेता पनि ग्रामिण क्षेत्रहरुमा लकडाउनलाई पुर्ण पालन नगरेको भन्दै स्थानीयहरुले नै बाटो पुलहरु बन्द गरेका घटनाहरु दैनिक जसो सुनिदैं आएको छ ।
धादिङमा केहि दिन पहिला गोरखा र धादिङ जोड्ने बेनिघाट रोराङमा रहेको झोलुङ्गे पुलमा र गजुरी सिद्धलेक जोड्ने त्रिशुली नदी माथिको झोलुङ्गे पुलमा स्थानीहरुले बार लगायर मानिसहरु आवतजावत गर्न नसक्ने बताएका थिए ।
आईतबार नीलकण्ठ नगरपालिका बसाह र बेनिघाट रोराङको बेनीघाट बजार देखि गोरखा जाने सडकमा स्थानीय युवाहरुले यातायतका साधनहरु गुड्न अवरोध हुने गरि बार लगाएका छन् ।

कानुनी रुपमा अत्यावश्यक सवारी साधनहरु नै गुड्न नपाउने गरि सडक अवरुद्ध गर्न हुँदैन र पाईदैन तर लक डाउनमा साना गाडी र मोटर साईकलमा मान्छेहरु आवत जावत गर्न थालेपछि सडक बन्द गर्नु परेको स्थानीय युवाहरु बताउँछन् । फोटोः दिपेश कडेल

