बेनिघाट रोराङमा आफु खुसी राहत बाड्न नपाईने

Avatar photo
Dhadingpost
चैत्र १९, २०७६

धादिङ चैत्र १९ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले गाउँपालिकाको अनुमति नलिई आफु खुशी राहात वितरण गर्न नपाउने निर्णय गरेको छ ।

गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) को अध्यक्षतामा बसेको कार्यपालिका बैठकले एकद्वार प्रणालीमा राहात वितरण गरिने निर्णय गरेको हो ।

बैठकले गाउँपालिका स्तरिय विपद तथा राहात कोष संचालन गर्ने र उक्त कोषमा गाउँपालिका, गाउँपालिका प्रमुख देखि वडा सदस्यहरुसम्मले चैत महिनाको ५० प्रतिशत तलब भत्ता कोषमा जम्मा गर्ने निर्णय समेत गरेको छ ।

यस्तै कोषमा गाउँपालिमा कार्यरत अधिकृत स्तरका कर्मचारीको ५ दिन र सहायक स्तरको कर्मचारीको ३ दिनको तलब कट्टा गरि राहात कोषमा जम्मा गर्ने निर्णय समत गरिएको सूचना अधिकारी परशुराम घिमिरेले धादिङपोष्टलाई बताए ।

बैठकले गरेको ६ वटा निर्णयमा विपद व्यवस्थापन देखि लकडाउनलाई कडा गरिने सम्म रहेका छन् ।

बैठकको निर्णय जस्ताको तस्तै