
धादिङ चैत्र १५ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले मलेखु पुलबाट मौवाखोला पुलसम्म किटनाशक औषधि छर्कने भएको छ ।
गाउँपालिकाले सूचना जारी गर्दै आईतबार मलेखु देखि मौवाखोला सम्मका स्थानियलाई घरबाट बाहिर ननिस्कन र झ्याल ढोकाहरु बन्द गर्न आग्रह गर्दै १० बजे देखि २ बजे सम्म किटनाशक औषधि सहित क्लोरिन भाईरस समाते छर्ने जनाएको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नगर क्षेत्र भित्र फैलिन नदिन शनिबार धादिङकै धुनिबेसी र नीलकण्ठ नगरपालिकाले बजार क्षेत्रमा किटनाशक औषधि डिसइन्फेक्सन स्प्रे गरेका थिए ।

