सिद्धलेक कुम्पुरबाट भरुवा बन्दुक सहित भुजेल पक्राउ

Avatar photo
Dhadingpost
चैत्र ६, २०७६

धादिङबेसी चैत्र ६ । धादिङको सिद्धलेक गाउँपालिका ७ कुम्पुरबाट भरुवा बन्दुक सहित लालबहादुर भुजेल पक्राउ परेका छन् ।

भुजेलले घरमा हात हतियार तथा गोली समेत लुकाई छिपाई राखेको भन्ने सुचनाको आधारमा मंगलबार भरुवा बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भुजेलले बारीको झार बुट्यानमा ककिङ हेण्डिलको भागमा काठ राखी ट्युबको टुक्राले बाँधी लक गरेर लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक फेला पारेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खड्काले धादिङपेष्टलाई बताए ।

x