
धादिङ फागुन ३० । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका मुलपानी घर भएका नरबहादुर मगरको सवारी दुर्घटनामा परी लेवनानमा मृत्यु भएको छ ।
नेपाली सेनामा कार्यरत मगर संयुक्त राष्ट्र संघीय शान्ति मिशन अन्तर्गत लेबनान रहँदा सवारी दुर्घटनामा परी लेवनानमा मृत्यु भएको हो ।
उनको मंगलबार सवारी दुर्घटनामा परी मृत्यु भएको नेपाली सेनाले जानकारी दिएको छ । चालक रहेका मगर चार महिना अघि एक वर्षका लागि लेबनान गएका थिए ।
