
धादिङ फाल्गुन १८ । धादिङको धुनिबेसी नगरपालिकामा रहेको ईट्टा भट्टाका मजदुरका बालबालिकालाई शैक्षिक सामाग्री सहयोग प्रदान गरिएको छ ।
धुनिबेसि ६ मा रहेको जालपादेवी इट्टा उद्योगमा काम गर्ने मजदुरका जनकल्याण आबिमा अध्ययनरत १८ जना बालबालिकालाई आईतबार प्रयास नेपालले शैक्षिक सामाग्री प्रदान गरेको हो ।
प्रयास नेपालले प्रदान गरेको शैक्षिक सामाग्रीमा कापी, कलम, बिद्यालय पोशाक गरि प्रति बालबालिका १ हजार ५ सय बराबरको शैक्षिक सहयोग रहेको कार्यक्रम संयोजक सुनिता कडेलले बताईन् ।
कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख बालकृष्ण आचार्यले बालमैत्री वातावरण शिक्षण गर्न शिक्षकहरु र नियमित बिद्यालय पठाई बालबालिकालाई बिद्यालयमा टिकाउ गर्न अभिभावक सहित सबै सरोकारवालाले सहयोग र सहकार्य गर्नु पर्ने बताएका थिए ।
कार्यक्रम प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले शिक्षा पाउनु बालबालिका नैसर्गिक अधिकार भएकोले यो कुनै एक दिन गरिने कार्य भन्दा नि संस्थागत पद्धति भएको बताएका थिए । ग्लोबल फेयरनेश ईनिसियटिभसँगको सहकार्यमा ईट्टा उद्योगमा काम गर्ने मजदुरको बालबालिकालाई शैक्षिक बिकासमा सहयोग गरिएको निर्देक अर्यालले प्रष्ट्याएका थिए ।
अध्ययन सहयोग सामाग्रीले बालबालिकाको पढाइ सहयोग गर्ने वातावरण बनेकोमा मजदुर अभिभावक निर्मला बुढामगरले खुशि व्यक्त गर्दै आफुले पढ्न नपाएर मजदुरीमा रहेको भए पनि छोरा सुजन बुढामगरलाई नियमित बिद्यालय पठाएर सम्मानित पदमा पुगेको देख्ने चाहना रहेको बताएका थिए ।
जालपादेवी उद्योगका उद्योगी कृृष्णराम पंथीको अध्यक्षतामा तथा धुनिबेसि नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्य, उपप्रमुख निरु खरेल, धुनिबेसि नगरपालिका ६ वडाध्यक्ष कान्छा तामाङ, समाजसेवी लगायतको उपस्थितिमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोशाक हस्तान्तरण गरिएको थियो ।
