सिद्धलेकमा गरिव घरपरिवार पहिचान कार्यक्रम सुरु

Avatar photo
Dhadingpost
फाल्गुन १२, २०७६

धादिङ फागुन १२ । सरकारले सुरुगरेको गरिव घरपरिवार पहिचान तथा परिचयपत्र वितरणका लागि तथ्याङ्क संकलन कार्य धादिङको सिद्धलेक गाउँपालिकाले पनि सुरु गरेको छ ।

सिद्धलेक गाउँपालिकाले यो गरिव घरपरिवार पहिचान तथा परिचयपत्र वितरणका लागि तथ्याङ्क संकलन कार्य वडा नंम्बर ५ का वडाध्यक्ष दिल बहादुर घलेको घरबाट शुभारम्भ गरेको हो ।

आईतबार देखि गाउँपालिकाको ७ वटै वडामा गणकहरु पुगेर घरधुरी संकलन गर्ने काम सुरु गरेको सिद्धलेक गाउँपालिकाले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गाउँपालिका मार्फत गरिब घरपरिवार पहिचान गरी उनीहरुलाई परिचयपत्र उपलब्ध गराउने भए सँगै नगरपालिका तथा गाउँपालिकाले तथ्याङ्क संकलन सुरुगरेका हुन् ।

आईतबार सुरुभएको सिद्धलेकको यो तथ्याङ्क संकलनको शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशाशकिय अधिकृत धनेश्वर पौडेल, बिभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनिधिहरु, बिभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।