
धादिङ फागुन ११ । धादिङको बेनिघाट रोराङ गोउँपालिका १ बाँसखर्कमा नेपाल क्योकुशिन सेइसिन काईकान कराँते-डो ले खेलाडीको ग्रेडिङ गरेको छ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप तामाङको प्रमुख आतिथ्यतामा भएको खेलाडी ग्रेडिङ कार्यक्रममा ३० जना कराँतेका खेलाडीहरु सहभागि थिए ।
कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष तामाङले खेलकुद विकासका लागि नै प्रदेश सरकारले अध्यक्ष बनाएर पठाएको बताउँदै धादिङमा अब खेलकुदको विकास गर्न महत्वकाँक्षी योजनाका साथ अगाडी बढ्ने बताएका थिए ।

नेपाल क्योकुशिन सेइसिन काईकान कराँते-डो का अध्यक्ष जयरा थिङको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाल क्योकुशिन सेइसिन काईकान कराँते-डो का केन्द्रिय प्रमुख अशोक कुमार श्रेष्ठ, उपाध्यक्ष हेमा मानन्धर, बेनिघाट रोराङ १ का वडा अध्यक्ष नन्द प्रसाद तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

