धादिङ फागुन ३ । धादिङको खुल्ला मञ्च स्थित टुडिखेलमा शुक्रबार देखि सुरुभएको सातौं धादिङ महोत्सवमा स्थानिय उत्पादन देखि लघु उद्योग र कृषि जन्य सामाग्रहरु प्रदर्शनमा राखिएका छन् ।
धादिङ उद्योग वाणिज्य संघले आयोजना पहिलो धादिङ महोत्सवको झल्को दिने गरि सुरु भएको सातौं महोत्सवमा पहिलो स्टलका रुपमा कृषि प्रदर्शनी राखिएको छ, भने त्यसपछि नमुना माछापोखरी, धादिङको रुबी भ्याली चिनाउने रुबी पथ्थरहरु, लघु उद्योग अन्तरगत मौरीको घार, रेशम किराबाट बनेको धागो कपडा रहेका स्टलहरु राखिएको छ ।
गलैंचा बुन्दै गरेको स्टल देखिने यस महोत्सवमा स्थानिय उत्पादनहरुलाई महोत्वका साथ प्रदर्शनीमा राखेको देखिन्छ ।
महत्वपूर्ण मानिएका केहि स्टलहरुको तस्वीरहरु















स्टेज आसपास देखिएका केहि तस्वीरहरु




