रिटर्नी माईग्रेन्ट धादिङको अध्यक्षमा थपलिया चयन

Avatar photo
Dhadingpost
माघ २०, २०७६

धादिङ माघ २० । विदेशबाट फर्किएका नेपालीहरुको सस्था रिटर्नी माइग्रेन्ट नेपाल धादिङ शाखाको अधिबेशनबाट बेनिघाट रोराङ मलेखुका नारायण प्रसाद थपलिया (निर्मल) अध्यक्षमा चयन भएका छन् ।

सस्थाका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीको प्रमुख आतिथ्यमा शिबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा उपाध्यक्ष कल्याण आचार्य, सचिवमा उमेश कडेल र कोषाध्यक्षमा प्रकाश त्रीपाठीलाई चयन गरेको छ ।

अधिवेशनका प्रमुख अतिथि अधिकारीले बैदेशिक रोजगारीको शिलशिलामा परदेश पुगेर ज्ञान, शिप, क्षमता र बहुसांस्कृतिक अनुभव हाँसिल गरेको यो समूहलाई राष्ट्र निर्माणको मूल प्रवाहमा ल्याई “समृद्ध नेपाल, सुखी नेपाली” भन्ने नारालाई सार्थक बनाउन यो संस्था गठन गरिएको बताएका थिए ।

रिटर्नी माईग्रेन्ट धादिङको निर्वाचित कार्यसमिति

अध्यक्ष: नारायण प्रसाद थपलिया
उपाध्यक्ष: कल्याण आचार्य
सचिब: उमेश कडेल
कोषाध्यक्ष: प्रकाश त्रीपाठी
महिला सदस्य: ………..
सदस्य: राजन कडेल
सदस्य: राजु मगर
सदस्य: बलराम भट्ट
सदस्य: राजु भट्टराई
सदस्य: लक्ष्मी किसोर श्रेष्ठ
सदस्य: केदार कोइराला