
धादिङ माघ १४ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा भएको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सल्यानटार माध्यमिक विद्यालयले जितेको छ ।
विभिन्न खेलविधा समावेश भएको यस प्रतियोगितामा ७ स्वर्ण, ८ रजत, ७ कास्य सहित सल्यानटार माध्यमिक विद्यालय प्रथम भए सँगै उपाधी जितेको हो ।
माघ १० देखि सुरु भएको प्रतियोगितामा ६ स्वर्ण, १ रजत, ४ कास्य सहित कार्कीगाउँ माध्यमिक विद्यालय सल्यानकोट द्वितिय, ५ स्वर्ण, ५ रजत र ५ कास्य सहित रानी पौवा माध्यमिक विद्यालय सल्यानटार तृतिय भएका थिए ।
गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत एकल खेलहरुमा स्वर्ण पदक ल्याएका खेलाडी सिधैं जिल्ला स्तरीय प्रतियोगिताको लागि छनौट हुनेछन् भने समुहगत खेलहरुबाट भने खेल प्रशिक्षकले जिल्ला स्तरीय प्रतियोगिताको लागि खेलाडी छनौट गरि पठाउने छन् ।

