
धादिङ माघ ११ । गजुरी गाउँ पालपका वडा नं ५ मा कार्यान्वयन हुँदै गरेको पिडा खानेपानी आयोजनाको अनुगमन गरिएको छ ।
शनिबार धादिङको गजुरी गाउँपालिका वडा नं ५ मा निर्माणाधिन पिडा खानेपानीको आयोजनाको विकास साझेदारहरुबाट संयुक्त रुपमा शनिबार स्थलगत अनुगमन गरिएको हो ।
अक्सफाम र गजुरी गाउँपालिकाको साझेदारीमा प्रयास नेपाल धादिङले पुर्णिमा परियोजना अन्तगतको पिडा खानेपानीको आयोजनाको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत, वडाध्यक्षहरु, उपभोक्ता समितिका र सञ्चाकर्मीको सहभागितामा स्थलगत अनुगमन सम्पन्न भएको हो ।
अनुगमनको क्रममा आफ्नो भनाई राख्दै गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतले गाउँपालिकालाई तिर्खा मुक्त गाउँपालिका बनाउने लक्ष्य अनुसार प्रयास नेपाल धादिङ सँग समन्वय र सहकार्य गर्दै खानेपानी योजना संचालन गरिएको बताएका थिए ।
पुर्णिामा परियोजना अन्तगत प्रयास नेपाल धादिङले, गजुरी गाउँपालिका र स्थानीय उपभोक्ताहरुको श्रमदान समेत गरेर २ करोड १४ लाखमा खानेपानी आयोजना सम्पन्न हुने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।
आयोजनाले गजुरी गाउँपालिका वडा नं ५ र ६ का १ सय ५७ घरधुरी सहित ३ सय ५० भन्दा बढी बिद्यार्थी अध्ययनरत १ मा.बि बिद्यालय र २ वटा सामुदायिक भवनमा समेत गरि १ सय ६० धारा जडान गरि आयोजना सम्पन्न हुने अर्यालले बताएकी थिईन् ।
यस आयाेजना सम्पन्न पछि गजुरी गाउँपालिका वडा नं ५ र ६ का १ सय ५७ घरधुरीका ९ सय २४ जनाले प्रत्यक्ष सेवा पाउने खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिनेश भण्डारीलेे बताए ।
सबै घर–घरमा धाराबाटै स्वच्छ खानेपानी पुग्ने भएपछि गाउँलेमा खुशीयाली छाएको भण्डारीको भनाई छ । हाल खानेपानी योजनाको आयोजना सम्पन्न गर्नको लागि १ सय ५७ घरधुरीका १ सय ५१ भन्दा बढिले दैनिक श्रमदान गरिरहेका छन् । कार्य स्थल सुरक्षालाई ख्याल गरि कामदारहरुको बिमा गरि काममा लगाउनुको साथै कार्य स्थल जोखिमको पहिचान गरि काम गर्दा टाउकोमा हेलमेट,हातमा पञ्जा, खुट्टामा बुट, आखाँमा चस्मा लगाउन व्यवस्थापन गरिएको सामुदायिक प्राविधिक सिताराम चौधरीले जानकारी गराईन् ।
