
धादिङ माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले मङ्गलबार राती खनियाबास गाउँ पालिका दार्खामा भएको घटनाका छानविन गरी दोषीलाई कार्वाही गर्न माग गरेको छ ।
नेकपा धादिङले प्रेस विज्ञप्ती जारी गर्दै नेकपा खनियाबास गाउँ कमिटीका सदस्य एवं नेकपा खनियाबास गाउँ पालिका वडा नं। ४ का सचिव सन्त बहादुर तामाङ हत्या र रविन तामाङ, फत्त बहादुर गुरुङ र पूर्ण बहादुर घले घाईते हुने गरि भएको दार्खा घटनामा संलग्नलाई कडा कार्वाही गर्न माग गरेको हो ।
खनियाबास ४ निवासी अशोक तामाङ, नेत्रावती डबजोङ गाउँ पालिका १ मार्पाकका राम बहादुर तामाङ र रोशन तामाङ लगायतको समूह समुह संलग्न रहेको समेत विज्ञप्तीमा बताईएको छ ।
पूर्व माओवादी केन्द्रबाट नेकपाको जिल्ला सदस्य बनेका विजय बुर्लाकोटीको हस्ताक्षर रहेको उक्त विज्ञप्तीमा भनिएको छ-
परम्परागत शैलीबाटै हत्या, आतङ्क मच्चाउने प्रवृतिको अन्त्य गरी अपराधमा सङ्लग्न अपराधीहरुलाई कडा भन्दा कडा कारबाहीको लागि सम्बन्धित सुरक्षा निकायसँग माग गर्नुका साथै मृतक सन्त बहादुर तामाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना र घाइतेहरुको उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग अनुरोध समेत गरिएको छ ।


